संखुवासभा , २२ मंसिर ।संखुवासभामा म्यादीलाई मोवाईल फोन जिम्मा लगाएर मात्रै पत्रकारलाई मतगणनास्थलमा प्रवेशको व्यवस्था मिलाईएको छ । मुख्य गेटमा बसेका म्यादीलाई मावाईल दिएर दलका प्रतिनिधि, उमेदवार र पत्रकार भित्र जाने गरेका छन् । पत्रकारहरुको क्यामेरा र रेकर्डर पनि गेटमा भएका प्रहरी र म्यादीलाई दिनुपर्छ । पत्रकारहरुलाई पासको व्यवस्था भएपनि फोटो र भिडियो खिच्नबाट बञ्चित गराइएको छ । पत्रकार महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीले पासको व्यवस्था छ, तर, मुखमा पट्टीबाधेर मगतणनाको रिपोटिङ गर्नु परिरहेको तितो यर्थाथ रहेको बताए । उनका अनुसार मतगणनास्थलबाट पत्रकारलाई समाचार रिपोटिङ गर्ने व्यवस्था गरिएको छैन । जिल्लामा भएका ७ वटा रेडियो स्टेशन र पत्रकारहरुले मुख्य निर्वाचन अधिकृतले माईकिङ गरेपछिमात्रै समाचार संकलन गर्ने गरेका छन् । ताजा मत परिणाम समेत २ हजार मत गणना भइसकेपछि उपलव्ध गराउने गरिएको पत्रकारहरुको गुनासो छ । पत्रकारहरुले मतगणना स्थलमा एउटा कोठाको व्यवस्था गरेर रिपोटिङ गर्न पाउनु पर्ने माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्