काठमाडौं, २९ असोज । भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ६७ हजार ९८८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार ७० पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । ८ लाख १३ हजार ३०३ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ११ हजार ३११ पुगेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ थप ६९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्