कञ्चनपुर,२२ मंसिर । कञ्चनपुरमा वाम गठबन्धनले अग्रता दिएको छ । तीनै प्रतिनिधी सभा सदस्यमा वामका उम्मेदवारले अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नम्बर १मा वाम गठबन्धनका उम्मेदवार बिना मगरले ६४६ले अग्रता लिएका छन् । मगरले एक हजार २३ र नेपाली काँग्रेसका उम्मेदवार दिवान सिह विष्टले ३७७मत ल्याएका छन् । निर्वाचन क्षेत्र नम्बर २ वामका उम्मेदवार नर बहादुर धामीले २८४मतले अग्रता लिएका छन् । वामका उम्मेदवार धामीले ९२५ र नेपाली काँग्रेसका उम्मेदवार एनपी साउदले ६४१मत ल्याएका छन् । निर्वाचन क्षेत्र नम्बर ३मा वामका डा. दिपक प्रकास भट्टले ५७ मतले अग्रता लिएका छन् । भट्टले ९४७ र काँग्रेसका उम्मेदवार रमेश लेखकले ८९०मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्