काठमाडौँ, १ कात्तिक । भारतमा थप ६५ हजारमा संक्रमण भएसँगै संक्रमित संख्या ७४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ६५ हजार १२६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ६५ लाख २१ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ९५ हजार ६९६ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १३ हजार ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्