ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनाव अगाडि राहत प्याकेज पारित गर्न सहमतिको डेडलाइन मंगलबार


ABC NEWS
३ कार्तिक २०७७, सोमबार   ९ : २२   बजे

 कार्तिक २, २०७७ आईतबार/

चुनाव अगाडि राहत प्याकेज पारित गर्न ह्वाइहाउससँग सहमतिको डेडलाइन मंगलबारसम्म रहेको हाउस स्पीकर न्यान्सी पेलोसीले बताएकी छिन् । १२ सय डलरको दोश्रो चरणको राहत चेक र काम गुमाएकाहरुलाई साप्ताहिक रकम दिने लगायतका सुविधा समेटिएको प्याकेजमा सहमतिका लागि मंगलबारसम्म प्रयास गर्ने उनले बताइन् ।

ह्वाइटहाउसका तर्फबाट स्टेभन मन्चिनले यसबारे छलफल गरिरहेका छन् । तर मन्चिनसँग अझै पनि कैयन विषयमा मतभेदहरु रहेको पेलोसीले बताएकी छिन् । अमेरिकी चुनाव आउन दुईसातामात्र बाँकी रहँदा अमेरिकनहरुले चुनाव अगाडि नै राहत पाउने वा नपाउने कुरा मंगलबार निर्धारण हुनेछ ।

डेमोक्र्याट्हरु २ दशमलव २ ट्रिलियनको राहत प्याकेजमा सहमत भएका छन् तर रिपब्लिकनहरु १ दशमलव ८ ट्रिलियनभन्दा अगाडि बढ्न तयार छैनन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले १ दशमलव ८ ट्रिलियनभन्दा ठूलो राहत पारित गर्न आव्हान गरेपनि रिपब्लिकनहरुले त्यसलाई अस्वीकार गरेका छन् ।

शनिबारपनि पेलोसी र मन्चिनबीच ७५ मिनेट कुराकानी भएको थियो । उनीहरुबीच सोमबारपनि कुराकानी गर्ने सहमति भएको छ । मंगलबारको डेडलाइनको ठ्याक्कै दुईसाता पछाडि भने अमेरिकामा राष्ट्रपतिको चुनाव हुनेछ । पेलोसीले राष्ट्रपति ट्रम्पसँग भने कुरा नगरेको झण्डै एकबर्ष भइसकेको छ ।

महिनौंदेखि कुनै पनि राहत प्याकेज पारित हुन नसक्दा अमेरिकामा गरिबी बढ्दै गएको छ । कोरोना महामारीका कारण काम गुमाएका कतिपयले त साप्ताहिक ५ डलरभन्दा पनि कम रकममात्र प्राप्त गरिरहेका छन् ।

सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले पेलोसी र मन्चिनबीच सहमति भएमा आफूहरुले त्यसलाई स्वीकार्ने बताएका छन् । तर यसैबीच सिनेटले भने पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको राहत प्याकेजमा मतदान गर्ने तयारी समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group