काठमाडौं, ६ कात्तिक । विश्वभर एकैदिन ४ लाख ३४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजार २१३ जनामा संक्रमण भएसँगै संक्रमित संख्या ४ करोड १४ लाख ५९ हजार २११ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ९९३ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ८ लाख ८७ हजार ४१८ पुगेको छ ।
यस्तै एकै दिन थप ६ हजार ७९७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ३५ हजार ६४५ पुगेको छ ।
सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८५ लाख ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७७ लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४३ हजार ७१५ जनाको मृत्यु भएको छ । ७५ लाख १३ हजार ५४६ जना संक्रमित भएकोमा ३३ लाख ५ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्