काठमाडौं, ६ कात्तिक । काठमाडौं उपत्यकामा बिहीबार १ हजार ५५२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।
त्यस्तै बिहीबार देशैभर १५ हजार २५५ जनाको पीसीआर परीक्षण भएकोमा ३ हजार ६३७ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।
बिहीबार ३ हजार २१५ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या १ लाख २ हजार ८२० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्