ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा कर्णालीको विवाद : अध्यक्षद्धय ओली र प्रचण्डको फरक फरक निर्देशन


एबीसी न्यूज
८ कार्तिक २०७७, शनिबार   ६ : ४५   बजे

काठमाडौं, ८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको विवादको असर केन्द्रमा समेत परेको छ।
कर्णाली प्रदेश कमिटीको विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अर्को निर्देशन दिनुभएको हो ।

अधक्षद्वयले एक आपसमा बाझिने गरी फरक फरक निर्देशन जारी गरेपछि नेकपाभित्रको विवाद थप बल्झिने संकेत देखिएको छ। अध्यक्ष ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिएलगत्तै अर्का अध्यक्ष प्रचण्डले ओलीले जारी गरेभन्दा फरक आशयको निर्देशन दिनुभएको छ ।

प्रधामन्त्री ओलीले जारी गरेको निर्देशनमा प्रमुख सचेतक गुलाफजंग शाहमाथि गरिएको कारबाही फिर्ता लिन र पूर्ववत् अवस्थामा प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न भनिएको छ।

दाहालले कर्णाली प्रदेशका इन्चार्जका नाममा जारी गरिएको निर्देशनमा भने ४ कात्तिकमा बालुवाटारमा दुई अध्यक्षसहितको छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश कमिटी र प्रदेश सरकारले समाधान गर्न सुझाव दिने समझदारी भएको उल्लेख गरिएको छ। त्यही समझदारी अनुसार कार्यान्वयन गर्न प्रचण्डले निर्देशन दिनु भएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरे पनि अन्त्यमा पाँच सांसदले मुख्यमन्त्री शाहीलाई साथ दिएपछि मुख्यमन्त्रीको पद जोगिएको छ। कर्णाली प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ।

यस्ता छन् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

सम्बन्धित

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu