काठमाडौं, ८ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार एक सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा आठ सय ३२ जना, भक्तपुरमा एक सय दुई जना र ललितपुरमा एक सय ७६ जनामा सङ्क्रमण देखिएको हो ।
त्यस्तै गएको २४ घण्टामा १३ हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण देशैभर दुई हजार दुई सय २५ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । शनिबार थपिएकासँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको छ ।
त्यस्तै सङ्क्रमितमध्ये एक लाख आठ हजारभन्दा धेरै डिस्चार्ज भइसकेका छन् भने आठ सय ४२ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्