ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परीक्षण कम हुँदा संक्रमितको संख्यामा कमी, ७४ प्रतिशत निको ( यस्तो छ ४ दिनको परीक्षण विवरण)


एबीसी न्यूज
१२ कार्तिक २०७७, बुधबार   ७ : ५५   बजे

काठमाडौं, १२ कात्तिक ।   दशैँका कारण परीक्षण कम हुँदा नेपालमा कोरोना संक्रमितको संख्यामा पनि कमी देखिएको छ ।

एक महिना यता औषतमा १८ हजार हाराहारी परीक्षण हुँदै आएकोमा मंगलबार २ हजार ७२५ मात्रै पीसीआर परीक्षण हुँदा ५७० संक्रमित थपिए । सोमबार पनि ५ हजार ६ वटा नमूनाको मात्रै पीसीआर परीक्षण हुँदा १ हजार ७४१ संक्रमित भए । अर्थात् कात्तिक ८ मा महाअष्ठमी सुरू भए यताका ४ दिनमा जम्मा ३३ हजार ९०४ वटा नमूनाको मात्रै परीक्षण भएको छ । ४ दिनमा भएको उक्त परीक्षणमा ७ हजार ३९२ संक्रमित थपिएका छन् ।

यस्तो छ ४ दिनको परीक्षण विवरण

कात्तिक ८ -१३८४६ पीसीआर परीक्षण २२२५ संक्रमित

कात्तिक ९-१२३११ पीसीआर परीक्षण २८५६ संक्रमित

कात्तिक १० – ५००६ पीसीआर परीक्षण १७४१ संक्रमित

कात्तिक ११- २७२५ पीसीआर परीक्षण ५७० संक्रमित

७४ प्रतिशत निको

नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार अपराह्नसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन्।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार चार सय ७८, बागमतीमा ५७ हजार नौ सय ५५, गण्डकीमा पाँच हजार सात सय ६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६ सष २० र सुदूरपश्चिममा आठ हजार चार सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा मात्रै तीन हजार १६८ जना कोरोनामुक्त भएका छन्।

नेपालमा मंगलबार अपराह्नसम्म कोरोना संक्रमितको संख्या एक लाख ६० हजार चार सय पुगेको छ।

४० हजार ६८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २८१ जनाको आईसीयूमा र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३२ हजार चार सय ६४ संक्रमित होम आइसोलेसनमा छन्।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित छन् । मुस्ताङमा सक्रिय संक्रमित छैनन्।मंगलबारसम्मको विवरणअनुसार नेपालमा ८७६ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu