काठमाडौं, १२ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आठ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा ६ सय ९६, ललितपुरमा एक सय १८ र भक्तपुरमा २९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
यसैबीच नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार तीन सय ५४ पुगेको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख २१ हजार आठ सय २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभर एक हजार नौ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार नौ सय ८१ जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस्