ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देहरादूनको गुम्बा स्कूलमा घर फर्किन खोज्ने ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट, उद्दार गरिदिन अभिभावकको आग्रह


एबीसी न्यूज
१३ कार्तिक २०७७, बिहिबार   ८ : ०९   बजे

काठमाडौँ, १३ कार्तिक । भारत देहरादूतस्थित शाक्य गुम्बाले सञ्चालन गर्दै आएको बोर्डिङ स्कूलबाट घर फर्किन खोज्ने ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । कुटपिटमा परेकामध्ये ४२ जना घाइते भएका छन् ।

अभिभावकले घाइते विद्यार्थीलाई सकुशल स्वदेश फिर्ता गराइदिन सरकारसँग माग गरेका छन् । ‘खानेबस्ने राम्रो व्यवस्था नभएपछि बच्चाहरू घर फर्किन निवेदन लिएर प्रिन्सीपल कहाँ पुगेका रहेछन्’ कुटाइ खाने विद्यार्थीका अभिभावक ग्याल्जेन शेर्पाले भन्नुभयो, ‘एक्कासी स्कूलका अध्यक्ष लामा आएर कुटपिट गरेछन् । घाइते विद्यार्थीको शरीरभरी निलडाम भएको छ ।’

ग्याल्जेन शेर्पाका दुई छोरा १७ वर्षीय निमा र १३ वर्षीय सोनाम चार वर्षदेखि त्यहाँ छन् । उनका भाइका दुई छोरा पनि त्यही बसेर पढ्छन । तीमध्ये पस्टेम्पा शेर्पा नराम्ररी बिरामी परे । उनको मानसिक सन्तुलनसमेत बिग्रियो । गुम्बा र स्कूलले उनको उपचार नगरेर घर फर्काइदियो । घर फर्केर उपचारपछि अहिले उनको स्थिति सामान्य बन्दैछ ।

गुम्बाले सञ्चालन गरेको सो शाक्य एकेडमी बोर्डिङ स्कूलमा नेपालका बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्लाबाट ६९ विद्यार्थी अध्ययनरत थिए । ‘आर्थिक स्थिति कमजोर छ । त्यसमाथि भुकम्पले घर भत्कियो । निशुल्क बोर्डिङ स्कूल पढाउने लोभमा छोराहरुलाई देहरादून पठाएँ । अहिले यस्तो भयो’ ग्याल्जेनले बताउनुभयो ।

गुम्बाको सो स्कूलमा राम्रो व्यवहार नभएपछि केही समयअघि मात्र १८ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । अरू पनि घर फर्किन चाहेपछि गुम्बा व्यवस्थापनले कडाई गरेको थियो । विद्यार्थीलाई घर परिवारसँग सम्पर्क गर्नसमेत दिइएन । काभ्रेका एक शिक्षक त्यहाँ पढाउँछन्, उनको समेत मोबाइल खोसिएको छ ।

काठमाडौंको बौद्धस्थित आनी गुम्बासम्म खबर आएपछि विद्यार्थीका अभिभावकले सरकारसँग उद्दारका लागि आग्रह गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान सदस्य मोहना अन्सारीले ती विद्यार्थीको उद्दारका लागि आग्रह गर्दै गरेको ट्विटमा नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले ‘दूतावासले खोजखबर लिन्छ’ भन्ने प्रतिक्रिया दिनुभएको छ । त्यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu