ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि ज्ञान केन्द्र स्थापना भएपछि महोत्तरीका किसान उत्साहित


एबीसी न्यूज
१३ कार्तिक २०७७, बिहिबार   ९ : ४६   बजे

काठमाडौं, १३ कार्तिक । आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आएपछि महोत्तरीका किसान उत्साहित भएका छन् ।

बडादशैं पर्वसंगै जिल्ला सदरमुकाम जलेश्वरमा केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि खेतीपातीमा आवश्यक सहयोग चा“डै पाउने बिश्वासले यहाँका किसान उत्साहित भएको हो ।

कात्तिकको पहिलो सातामै जलेश्वरमा स्थापना भएको केन्द्रले अब जिल्लामा कृषिक्षेत्रका आवश्यकताबारे प्रत्यक्ष समन्वय गर्ने किसानले आस पालेका छन् ।

यसअघि स्थानीय तहको निर्वाचन पूर्व जिल्ला÷जिल्लामा रहेका जिल्ला कृषि बिकास कार्यालय निर्वाचनपछि हटेर सरकारले दुई जिल्ला कार्यक्षेत्र रहनेगरि कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको थियो । प्रदेश नं २ का आठ जिल्लामा चार केन्द्र सञ्चालनमा ल्याएअनुरुप महोत्तरी र सर्लाहीका लागि मलङ्गवा तोकिएको थियो । यस अवधिमा सामान्य सरसल्लाहका लागि खोज्दा पनि कृषि प्राविधिक उपलब्ध नभएको किसानको गुनासो छ ।

किसानले अब जिल्लाका बिभिन्न भेगमा रहेका कृषि सेवा केन्द्र, स्थानीय तह र किसानबीच नवस्थापित कार्यालयले समन्वय गरिदिने आस गरेका छन् । जिल्लाका १५ स्थानीय तहमा कतैपनि कृषि शाखा राम्रो सञ्चालनमा नरहेको बेला स्थापना भएको कार्यालयले अब यस दिशामा सकारात्मक पहलकदमी तत्काल लिने बिश्वास जागेको जिल्लाकै गौशाला नगरपालिकाको बटौवाबस्तीका किसान अरुण सिंह कुशवाहाले बताए ।

महोत्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको मानिन्छ । यहाँ तरकारी, फलपूmल, माछापालन, पशुपालन (दुध र मासु उत्पादनका लागि) र अन्नबालीका खासखास पकेटक्षेत्र यसअघि नै तोकिएका छन् । अब जिल्लामा स्थापित कृषि ज्ञान केन्द्रले खासखास क्षेत्रमा लागेका किसानलाई थप उत्प्रेरित गर्न आवश्यक रहेको लामो समयसम्म कृषिक्षेत्रमा कृषिविज्ञका हैसियतमा सरकारी सेवा दिएर हाल सेवानिवृत हुनु भएका भङ्गाहा–६ का बासिन्दा राजकिशोर यादवले बताए ।

जिल्लाका आम किसानले मुख्यतः सिचाइ प्रबन्धका वैकल्पिक उपायको अवलम्वन, उपयुक्त समयमा बीउउविजन, मल र सुलभ ऋण, माटो जाच तथा नियमित समन्वय र प्राविधिक परामर्श पाई रहनुपर्ने बताएका छन् । यता कार्यालयले आफुसँग रहेको जनशक्ति र स्रोतसाधनको भरपूर सदुपयोग गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group