ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिउंदमा मौसमी फ्लूका बिरामीलाई उच्च सतर्कता अपनाउन चिकित्सकको सल्लाह


ABC NEWS
१६ कार्तिक २०७७, आइतबार   ३ : ०१   बजे

काठमाडौं १६ कात्तिक । चिकित्सकहरूले कोरोनाभाइरस (कोभिड–१९º संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूका बिरामीलाई सतर्कता अपनाउन सल्लाहा दिएका छन् । अहिले अस्पतालहरूमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूको लक्षण देखिएका बिरामीलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकहरूको आग्रह छ।

हरेक अस्पतालका आईसीयू बेडहरू कोभिडका बिरामीले भरिएको अस्तपतालहरुले बताएका छन् । मौसम परिवर्तन सँगै मौसमी फ्लूका लक्षणहरू देखिएका व्यक्तिहरूले घरमै बसेर सुरक्षित रहन फिजिसियन डा. रक्षा गौतमको सल्लाहा छ ।

अस्पतालहरूमा आईसीयू बेड खाली नभएको, अक्सिजन उपकरणहरू अपुग रहेकाले संक्रमितहरू अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन उनले आग्रह गरिन्। डा. गौतमले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न भनेकी छन्। मौसमी फ्लू र अन्य फ्लूको लक्षण उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने हुँदा आफैंले सतर्कता अपनाउनुपर्ने डा। गौतम बताउँछिन्।

सामान्य रुघाखोकी लाग्ने, जिउ दुख्ने र घाँटी दुख्ने समस्या सामान्य फ्लू भएकाले डराउनुपर्दैन। सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाह अनुसार भिटामिन बी र सीको प्रयोग गर्दा एक हप्तासम्म मौसमी फ्लू निको हुने चिकित्सकको सुझाव छ ।

सामान्य रुघाखोकी लाग्दैमा हतार– हतार अस्पताल पुगेर अस्पतालबाट आफूलाई नभएको फ्लू समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहनु आवश्कय रहेको आयुवेर्द अभ्यासकर्ता नारायण आचार्यले बताए ।
मौसमी फ्लूका लक्षण देखिएपनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरे ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल जान डा. भोला रिजालले बताए ।

नेपालमा बन्दाबन्दीको शुरूआति चरणमा सरकार र नागरिकस्तरबाट कडाईका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भएपनि अहिलेको अवस्थामा त्यसो हुन नसकेको डा. रिजालको सल्लाह छ ।

रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरू केही हप्तामा कोरोनामुक्त भएपनि दीर्घरोगी, बालबालिका तथा वृद्धवृद्धाहरूको बढी जोखिमका घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group