काठमाडौं, १७ कात्तिक । प्रस्तावित तीन राजदूतविरुद्ध परेका उजुरीमाथि आज बस्ने संसदीय सनुवाइ समितिको बैठकमा छलफल हुने भएको छ ।
प्रस्तावित राजदूतहरु अमेरिकाका युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्माविरुद्ध चार उजुरी परेका छन् । ती उजुरीमाथि आज बिहान ११ बस्ने बैठकमा छलफल हुँदैछ ।
यसअघि समितिले तीन राजदूतविरुद्धका उजुरीकर्तालाई कात्तिक १७ गते बस्ने समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको थियो । उजुरीका लागि कात्तिक १ गतेसम्मको समय दिइएकोमा ४ उजुरी परेका थिए । प्रस्तावित राजदूत खतिवडाविरुद्ध ३ उजुरी परेका छन् भने एक उजुरी रेग्मीविरुद्धको छ ।
प्रतिक्रिया दिनुहोस्