ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सेना प्रमुखको भ्रमणपछि सीमा सम्बन्धी संयन्त्रको बैठक गर्न भारत सकारात्मक


एबीसी न्यूज
१८ कार्तिक २०७७, मंगलबार   १० : ४६   बजे

 

काठमाडौं, १८ कात्तिक । कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ ।

नेपालले अगष्ट महिनामा सो बैठक आयोजना गर्नका लागि प्रस्ताव गरे पनि मिति पनि भने तय भइसकेको छैन । वार्ताका लागि नेपालले दुईवटा मिति प्रस्ताव गरेको छ । भर्जुअल बैठकको मोडालिटीको बारेमा कुराकानी भइरहेको छ ।

नेपालको प्रस्तावलाई भारतले अध्ययन गरिरहेको र यही नोभेम्बर महिनामा नै बैठक गर्न भारत तयार भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । सो बैठकमा कालापानी र सुस्ताको विषयमा भने छलफल हुने छैन किनभने दुवै देशका नापी विभागले नेतृत्व गर्ने सो बैठकको म्यान्डेट प्राविधिक विषय हल गर्ने रहेको छ ।

सुस्ता र कालापानीको विषयमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय बीडब्लुजीले हेर्ने सहमति दुई देशबीच भएको छ ।

हरेक वर्ष मनसुन सकिएपछि सो संयन्त्रको बैठक बस्ने भएपनि कोभिड–१९ र दुई देशको बिचमा रहेको सीमा विवादका लागि बैठक हुन सकेको छैन । भारतीय सेना प्रमुखको भ्रमणपछि सो संयन्त्रको बैठक हुने टाइम्स अफ इन्डियाले सरकारी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

सन् २०१४ मा निर्माण भएको सो संयन्त्रको म्यान्डेट सीमा स्तम्भ निर्माण, मर्मत सम्भार र दशगजाको अतिक्रमण हटाउनु हो । अहिलेसम्म सो संयन्त्रको बैठक ६ पटकसम्म बसेको छ । सो संयन्त्रलाई सुस्ता र कालापानीको विषयमा वार्ता गर्ने म्यान्डेट नभएपनि सीमा समस्या समाधानको लागि सुझाव दिन भने भनिएको छ । यो बैठकले यसले कालापानी र सुस्ताको विषयमा पनि वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu