ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीलाई मात्र विकसित ठान्ने सोचको अन्त्य हुनुपर्छ – शहरी विकासमन्त्री श्रेष्ठ


एबीसी न्यूज
१८ कार्तिक २०७७, मंगलबार   १० : ५०   बजे

काठमाडौं, १८ कात्तिक । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले राजधानीलाई मात्र विकसित ठान्ने सोच अन्त्य गर्न अब देशमा नयाँ नयाँ शहरको पनि विकास गरिने बताउनुभएको छ ।

नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग भएको भेटमा मन्त्री श्रेष्ठले संघियताको मर्मअनुसार नयाँ शहर र सबै क्षेत्रको पूर्वाधार विकासमा सरकारले प्राथमिता दिएको बताउनुभएको हो । मन्त्री श्रेष्ठले शहरी क्षेत्रका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाउँदै शहरीकरणलाई अगाडि बढाइने पनि बताउनुभयो ।

उहाँले आफ्ना कामका बारेमा सही मूल्याङ्कन गरिदिन सञ्चार क्षेत्रलाई आग्रह पनि गर्नुभयो । सो क्रममा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेलले सकरात्मक कामको मिडियाले सधै समर्थन गर्ने बताउँदै आलोचनात्मक समाचारका विषयमा सरकारले तत्काल टिप्पणी गर्न नहुने उल्लेख गर्नुभयो । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपाल मिडिया सोसाइटीका पदाधिकारीसंगको भेटको क्रममा मन्त्री श्रेष्ठले कामको आधारमा मुल्याकन गर्न आग्रह गर्नुभएको छ । ‘म र मेरो मन्त्रालयका अधिकारीको कामको आधारमा मात्र मुल्यांकन गरी सत्य तथ्य समाचार संप्रेषण गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘मेरो कामको बारेमा तपाईहरुलाई जानकारी नै छ, सरकार र आम जनताले अपेक्षा गरे अनुसार काम गरेर देखाउने प्रण गरेको छु । ‘म तपाईहरुको बलमा उभिएको छ, मलाई यस्तो लाग्छ कि म अहिले यज्ञकुण्डमा हाम फालेको छु त्यहाबाट उतार्ने जिम्मा तपाईहरुको हो । म यो भन्न चाहन्छु कि अहिले म तपाईहरुको न्यानो माया र तपाइकै बलमा उभिएको छु, यो सम्झनु कि म तपाइकै प्रतिनिधि हुँ’ –विभिन्न सञ्चारमाध्यमका प्रमुखसंगको भेटमा उहाले भन्नुभयो ।

सो क्रममा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभ शंकर कडेलले सकरात्मक कामको मिडियाले सधै समर्थन गर्ने बताउदै आलोचनात्मक समाचारको विषयमा सरकारले तत्काल टिप्पणी गर्न नहुने उल्लेख गर्नुभयो । कँडेलले कहिलेकाही गलत वा आलोचनात्मक समाचार आएमा त्यसको तत्काल प्रतिवाद नगरी यतार्थ खोजी गर्नु आवश्यक रहेको औल्याउदै हचुवाको भरमा मिडियाको आलोचना गर्न नहुने उल्लेख गर्नुभयो । उहाले भन्नुभयो–अब राजधानीलाई मात्र विकसित शहर नसम्झी देशका नया शहरको पनि विकास गर्नुपर्ने उल्लेख गर्दै त्यसको लागि महत्वपुर्ण जिम्मेवारी शहरी मन्त्रीको हैसियतले तपाईकै रहेको बताउनुभयो । देशमा कस्तो शहर आवश्यक छ , शहरलाई कस्तो बनाउने भन्ने मुख्य भुमिका शहरी विकास मन्त्रीको हैसियतले तपाईकै हो भन्दै उहाले भन्नुभयो –त्यस्तो कामको लागि सोसाइटीको तर्फबाट मिडियाले सक्दो सहयोग गर्ने छौ ।

सोसाइटीका पुर्व अध्यक्ष कैलाश सिरोहियाले अब नेपाललाई नया नेपालको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।‘त्यसको लागि हामी सबैको सधै साथ र सहयोग रहनेछ’– उहाँको भनाई थियो । उहाँले काठमाडौलाई मात्र विकास गर्ने केन्द्रीकृत सोचमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । फरक प्रशंगमा उहाले भन्नुभयो– कुनै मिडियाले गलत सूचना प्रशासन वा प्रशारण गर्दा नेपालको मिडियाहरु खराब छन् भन्ने सोचाइ राख्नु गलत भएको बताउदै ठिक वा बेठिक छुट्याउन नसक्दा सबै मिडिया अपेहेलित हुनुपरेको गुनासो गर्नुभयो । सोसाइटीका महासचिव मदन लम्सालले नयाँ मुलुकको कसरी विकास गर्ने, कसरी सुन्दर शहर बनाउने भन्ने सोचलाई अघि बढाउनुपर्ने तर्क राख्नुभयो । देश बनाउने जिम्मेवारी बोकेको शहरी विकास मन्त्रालयले जनतालाई देखिने गरी विकास गर्नसक्ने अवसर रहेको बताउनुभयो । सक्रिय व्यक्तित्वको हातमा महत्वपुर्ण मन्त्रालय परेको छ त्यसैले तपाईले जनताको मन जित्ने काम गर्ने अवसरलाई पछि पर्न लिनु हुदैन मिडियाले सहयोग गर्न तयार छ– लम्सालको भनाई थियो ।

नेपाल समाचारपत्रका प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले जनतासंग सिधै सम्बन्ध स्थापित गर्ने मन्त्रालय भएकोले जनताको हित अनुकुल काम गर्न ठुलो अवसर रहेको बताउनुभयो । कार्यक्रममा सोसाइटीका सचिव शिशिर भट्ट, जनकराज पन्त लगायतका पदाधिकारीहरुको उपस्थिति थियो । सो अवसरमा मन्त्री श्रेष्ठले वाच डगको भुमिका खेलेको मिडियाले आफने मन्त्रालयले गर्ने, गर्न सक्ने र जानेर वा नजानेर गरेका कामको बारेमा जुनसुकै समयमा प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।सोसाइटीका पूर्वाध्यक्ष कैलाश सिरोहियाले अब नेपाललाई नयाँ नेपालका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै कुनै मिडियाले गलत समाचार प्रसारण गर्दैमा सबै मिडियालाई दोष दिन नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

‘हुबहु भाषणलाई ट्रोल बनाइएपछि दुईपटक आत्महत्याको प्रयास गरेँ’

सम्बन्धित

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu