काठमाडौं, १८ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर थपिएका ३ हजार १ सय १४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय ६८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा १ हजार २ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६३ जना संक्रमित भेटिएका हुन्। योसँगै काठमाडौंमा ६५ हजार ७ सय ८८, भक्तपुरमा ५ हजार ९ सय ६६ र ललितपुरमा ९ हजार ३ सय १४ जना संक्रमित पुगेको छ।
हालसम्म काठमाडौंमा २ सय ४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्