काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारल तलमाथी हुने कुनै सम्भावना नरहेकाले आनन्द भएर काम गर्न आग्रह गर्नुभएको छ । सरकार परिवर्तन गर्नका लागि धेरै कोसिसहरु भईरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताउनु भयो ।
मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उहाले भन्नुभयो, ‘यो सरकार यस्तो हुन्छ कि उस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि भन्ने छ, धेरैले धेरै पटक धेरै प्रकारका कोशिसहरु गरे ।
भित्र बाहिर अनेक थरीका कोशिशहरु आए ।’ प्रधानमन्त्री ओलीले कोही कोहीमा देशमा अस्थिरता निम्त्याउने आदात रहेको पनि उल्लेख गर्नुभयो । उहाले कसैको नाम उल्लेख नगरी भन्नुभयो, ‘एकथरीको यो अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदात छ । एडिकट भएका छन् कोही यस्तो एडिकसनलाई म के भनौं । तर, देशमा स्थिरताका लागि हामी काम गर्छौं ।’
उहाले आफुहरु स्थिरताको पक्षमा रहेको भन्दै देशमा स्थिरता भएमात्रै विकास, जनताको जिवनमा परिवर्तन ल्याउने सकिने बताउनु भयो । उहाले आफ्नो राजिनामाको हल्ला समेत चलाउने गरेको बताउनु भयो । ‘म यस ठाउमा आएको मेरा रहरले होइन् । जनताको आवश्यकता र समर्थनले हो । यहा पु¥याएको जालझेल तिकडमबाट होइन, यहा पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुहोस्’, प्रधानमन्त्री ओलीको निर्देशन थियो ।
उहाले कोभिडसँगको लडाई गरिबीसँगको लडाई पनि जितेर समृद्धितर्फ अगाडी बढ्ने घोषणा समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले जेमा पनि आलोचना गर्ने प्रवृत्तिहरु रहेको भन्दै त्यसबाट प्रभावित नहुन आग्रह समेत गर्नुभयो । आफैंले शिलान्यास गरेको तीन बर्ष नपुग्दै मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्न पाउंदा खुशी लागेको पनि उहाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्