ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीगण्डकी करीडोरमा पुरिएका पाँच जनाको मृत्यु, सबैको शब निकालियो (नामावली सहित)


एबीसी न्यूज
१९ कार्तिक २०७७, बुधबार   ८ : ०८   बजे

नवलपरासी, १९ कात्तिक । कालीगण्डकी करीडोर निर्माणको क्रममा बुलिगंटार गाउँपालिका वडा नं ३ सिंगुवाको घुम्तीमा सडक निर्माणको काम गरेका पाँच जनाको पहिरोमा पुरिएर ज्यान गएको छ ।

आज अपरान्ह बुलिगंटार गाउँपालिका वडा नं ३ को खसुवाटार र सिगुंवाको बीचमा रहेको पहिरो पन्छाउने क्रममा पहिरोले पुरिएर बुलिगंटार गाउँपालिका वडा नं ४ का एकै गाउँ र टोलका पाँच जनाले ज्यान गुमाएका बुलिगंटार गाउँपालिका वडा नं ४ का वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताउनुभयो ।

बुलिगंटार गाउँपालिका वडा नं ४ का बर्ष २८ का तुलबहादुर सारु मगर, बर्ष २० का गोपाल गरँजा मगर, बर्ष ४२ का सुनबहादुर पूलामी मगर, बर्ष २० का ताराबहादुर लुगेंली मगर र बर्ष २० का चेतबहादुर अस्लामी मगरको ज्यान गएको र उनीहरु सबै अर्खला ढुँग्रे गाउँका बासिन्दा रहेको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताउनुभयो ।

सदरमुकाम कावासोतीबाट झण्डै ४० किलोमिटर पहाडी उत्तरी क्षेत्रको बुलिगंटार गाउँपालिका वडा नं ३ मा भएको सो घटनामा थप दुई जनालाई भने उद्दार गरि गम्भीर अबस्थामा भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

घटनामा गम्भीर घाईते सोही गाउँका बर्ष २१ का कृष्णा लुगेंली मगर र बर्ष २० का केबल सिहं लुगेंली मगर रहेको प्रहरीले जनाएको छ । घटना पाँच बजे घटे को तर मृतकको शब भने ६.४५ मा मात्र निकाल्न सफल भएको र एक जनाको शब सात बजे साँझ मात्र निकालिएको बुलिगंटार प्रहरी चौकीले जनाएको छ ।

बाटो निर्माणका क्रममा डोजर ले माथि खन्दै गर्दा एक्कासि पहिरो झरे पछि काम गर्दै गरेका उनीहरुले पहिरोले पुरेको प्रहरीले जनाएको छ । कालीगण्डकी करीडोर निर्माणको काम दु्रत गतिमा अघि बढिरहेको बेलामा यो घटना भएको र सो कालीगण्डकी करीडारको ठेक्का भारतीय कम्पनी ईकेके कन्सटक्सनले लिएको हो भने स्थानीय स्तरमा भरतपुरको लोहनी कन्सटक्सनले लिएको छ । मृतकको भोलि पोष्टमार्टम गरी दाहासंस्कार गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group