ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेभाडा लगायतका राज्यको बाँकी नतिजा अब शुक्रवार विहान


एबीसी न्यूज
२० कार्तिक २०७७, बिहिबार   ११ : ४५   बजे

काठमाडौं २० कात्तिक । अमेरिकी राष्ट्रपति चुनावमा नेभाडाको मत परिणामको पनि धेरैले अपेक्षा गरेका छन् । ६ वटा इलेक्टोरल मत रहेको नेभाडामा जो बाइडेनले जीतेमा ह्वाइट हाउस प्रवेशका लागि बाटो खुल्ने देखिएको छ । तर नेभाडाको बाँकी मत परिणाम बिहिबार विहानमात्र आउने भएको छ ।

सेक्रेटरी अफ स्टेटको चुनाव विभागले अब अर्को अपडेट बिहिबार विहानमात्र दिने बताएको हो । बुधबार बेलुकासम्म ७५ प्रतिशत मत गणना भइसकेको नेभाडामा बाइडेनले अग्रता कायम गरिरहेका छन् । २०१६ को चुनावमा नेभाडामा हिलारी क्लीन्टनले जीतेकी थिइन् ।

नेभाडामा व्यक्ति उपस्थीत भएर गरिएका अग्रिम मतदानका सबै मत गणना भइसकेका छन् । त्यस्तै चुनावको दिन हालिएका मत पनि गणना भइसकेका छन् । नोभेम्बर २ सम्म हुलाकबाट प्राप्त मतहरु पनि गणना भइसकेको जनाइएको छ ।

नोभेम्बर ३ मा र त्यसपछि हुलाकबाट प्राप्त मतपत्रहरु भने गणना गर्न बाँकी रहेका छन् । नेभाडामा झण्डै ६ लाखले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका छन् ।

नर्थ क्यारोलिनाको पनि पूर्ण नतिजा आउन समय लाग्नेछ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्न सकिनेछ । ती मतपत्रहरुमा नोभेम्बर ३ वा त्यो भन्दा अगाडिको पोष्टमार्क हुनुपर्नेछ । तर झण्डै ९४ प्रतिशत मतगणना भइसकेको छ । अहिलेसम्म ट्रम्पले अग्रता कायम गरिरहेका छन् । नर्थ क्यारोलिनाबाट १५ इलेक्टोरल मत प्राप्त हुन्छ ।

पेन्सिलभेनियामा ८९ प्रतिशत मत गणना गरिएको छ । त्यसपछिको परिणाम सार्वजनिक गरिएको छैन । थप परिणाम आगामी घण्टाहरुमा आउने अपेक्षा गरिएको छ । पेन्सिलभेनियामा शुक्रबारसम्म हुलाकबाट आएका मतपत्रहरु गणना गरिनेछ । त्यसैले शतप्रतिशत मत गणनाका लागि शुक्रबारसम्म कुर्नुपर्नेछ ।

जर्जियामा मतगणना लगभग समाप्त हुन लागेको छ । अहिलेसम्म जर्जियामा झण्डै ९० हजारमात्र मतगणना गर्न बाँकी रहेको छ । अहिलेसम्म ९८ प्रतिशत मतगणना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu