काठमाडौँ, २१ कात्तिक । पार्टीभित्र विवाद बढिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाउनु भएको छ । उहाले दिउँसो ३ बजे सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाउनु भएको हो । शुक्रवार बस्ने अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीसँग भएको आफ्नो कुराकानीबारे प्रचण्डले ब्रिफिङ गर्ने तयारी रहेको स्रोतको दावी छ ।
बिहीबार मात्रै दुई अध्यक्षबीच झण्डै ३ घण्टा भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता निष्कर्षविहिन रह्यो । प्रचण्डले बैठक बोलाएर सबै समस्याको छलफल त्यहीँ गर्न अडान राख्नु भएको छ । तर, अर्का अध्यक्ष ओली भने बैठक अघि दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा भएको स्रोतले जनाएको छ ।
पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतर समूहबीचको तनाव चुलिएको छ। कर्णाली प्रदेशमा देखिएको विवाद, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट लगायत विषयमा मतभिन्नता बढ्दै जाँदा नेकपाको एकता संकटमा परेको हो।
प्रतिक्रिया दिनुहोस्