ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमित दुई लाख नजिक : कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति आउदै


एबीसी न्यूज
२३ कार्तिक २०७७, आइतबार   ७ : ०७   बजे

काठमाडौँ, कात्तिक २३ । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ ।

सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेश सहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आइतबार बस्न लागेको छ ।

काठमाडौँ उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “उपप्रधानमन्त्री संयोजक रहेको सीसीएमसीको बैठक आइतबार बस्दैछ, त्यसमा कोरोना सङ्कट व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ, सर्वोच्च अदालतले दिएको निर्देशनका विषयमा पनि छलफल हुनेछ ।”

प्रमुख शाक्यले काठमाडौँ उपत्यकामा अहिले पनि आइसोलेसन खाली छन्, त्यसको समस्या छैन, यस विषयमा कस्तो रणनीति लिने भनेर सो बैठकमा छलफल हुने जानकारी पनि दिनुभयो । उहाँले यस बैठकबाट कोरोना महामारीको सङ्कटलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले नयाँ रणनीति ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो । हाल काठमाडौँ उपत्यकाका करिब १५ हजारभन्दा बढी कोरोना सङ्क्रमित घरमै एकान्तबसमा छन् ।

निको हुने डेढ लाख नाघे

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट शनिबार दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । यो सङ्ख्यासँगै निको हुनेको कुल सङ्ख्या एक लाख ५५ हजार ११४ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमित ३५ हजार ४३५ छन् । हाल देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा एक हजार १४४ जना क्वारेन्टाइनमा छन् ।

सङ्क्रमित दुई लाख नजिक

केही दिनयता सङ्क्रमित हुने सङ्ख्या तुलनात्मक रूपमा घटे पनि सङ्क्रमण घटेको छैन । स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणमा दुई हजार ७५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो तथ्याङ्कसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नजिक अर्थात् एक लाख ९१ हजार ६३६ पुगेको छ । शनिबार थप १७ जनाको कोरोनाबाट निधन भएको छ र अब यस रोगका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेर एक हजार ८७ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप एक हजार ५१२ जना कोरोना सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group