काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिनु भएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीटरमार्फत राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई मेन्सन गर्दै बधाई दिनुभएको हो । उहाले बधाई दिँदै दुई मुलुकबीचको मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुद बनाउन नयाँ अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने जनाउनु भएको छ ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जो बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । यसैगरी बाइडेनकै पार्टी डेमोक्रयाटको तर्फबाट निर्वाचित ह्यारिस अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपति बन्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्