ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूलीमा छालसँगको भलाकुसारी : “कोही मान्छे डुब्ने चान्स नै हुन्न, हामी तत्कालै उद्धार गरिहाल्छम् ”


एबीसी न्यूज
२३ कार्तिक २०७७, आइतबार   १ : ०१   बजे

(मलेखु), २३ कात्तिक । देशकै व्यस्त राजमार्गमास्थित नारायणगढको किनारैकिनार धादिङको गल्छीसम्म त्रिशूली नागबेली बग्छिन् । मुग्लिन हुँदै काठमाडौँको सडक यात्रामा हुइँकिँदा देखिने त्रिशूलीलाई नजीकबाट छाम्न भने बलौटे बगरमै पुग्नुपर्छ । मुलुकको महत्वपूर्ण शहर काठमाडौँ, पोखरा, चितवनबीचको मनोरम भूभाग त्रिशूलीले ओगटेको छ । पहाडैपहाडमा बनेको राजमार्ग छेउमा आफ्नै लयमा बग्ने त्रिशूली पर्यटनको अपार सम्भावनास्थल हो । यहाँको जलक्रिडा विश्वमै प्रख्यात छ । ठाउँठाउँमा नदीमाथि उर्लिएको छालसँग भलाकुसारी गर्ने धोको पूरा गराउन अचेल त्रिशूली हरदम तयार छ ।

काठमाडौँ निवासी घनश्याम रिजालले पनि निकै लामो समयदेखि सँगालेको धोको शनिबार समूहगत रुपमै पूरा गर्नुभयो । नदी पस्नुअघि के होला, कसो होला भनेर जलयात्रीको मुहारमा द्विविधा झल्किन्थ्यो । त्यसमाथि ¥याफ्टिङ रिभर गाइडले अलिकति डर र अलिकति साहसिक वस्तुस्थिति र सुरक्षाका बारेमा जानकारी गराएपछि झन् अन्योलता छायो । जब यात्रा शुरु भयो यात्रीको द्विविधा खुसीमा परिणत भयो । सबैले नदीसँगको मजा लिन थालिहाले । “छालसँग खेल्दाको रमाइलो क्षण कहाँ भुल्नसक्नु, पानीमाथि तैरिँदा प्राप्त हुने पानीका फोकाको स्पर्श कम्ता मजा हुन्न”, रिजालले खुसीको बहार सुनाउनुभयो । पहिलोपहिले देखेको जलयात्राको अनुभव उहाँले यसपटक आफैँले सँगाल्नुभयो ।

शनिबार रिजालसहित ३५ जनाको नेतृत्व गोल्डेन आई ग्रुपसँग आबद्ध अरुण सिलवालले गर्नुभएको थियो । सधँै नयाँनयाँ साहसिक पर्यटन रुटको खोजीमा लाग्ने सिलवाल भन्नुहुन्छ, “यसअघि धेरै ठाउँमा गरिएको जलयात्राभन्दा शनिबारको निक्कै रोमाञ्जक भयो, अबको प्याकेज त्यहीँ हाल्छु ।” उहाँसँग अन्य व्यवसायीहरु चितवन, काठमाडौँ, मकवानपुर र दोलखाबाट आउनुभएको थियो । अविस्मरणीय त्रिशूली जलयात्रामा व्यवसायीहरु समीर पाण्डे, प्रदीप विंडारी, सन्देश विंडारी, रमेश सिलवाल, प्रतिभा पाण्डे, मोडल अमित पललगायतले भरपुर मनोरञ्जन लिनुभयो ।

कहिले नदीका छालसँग भलाकुसारी त कहिले पौँठेजोरी नै खेल्नुपर्छ । राम्ररी चलाउन सकिएन भने छालले जित्छ, अनि नदीमा खस्ने सम्भावना पनि छ, तर आत्तिनुपर्ने अवस्था छैन । नदीमा खसी हाले पनि सुरक्षामा धेरै उपाय छन् । “पौडिन नजान्नेहरु पनि डराउनु पर्दैन”, ढुक्कले जलयात्रा गर्न आश्वस्त पार्दै ¥याफ्टिङ रिभर गाइड मीनकुमार गुरुङले भन्नुभयो, “कोही मान्छे डुब्ने चान्स नै हुन्न, हामी तत्कालै उद्धार गरिहाल्छम् ।”

यात्राको शुरुमा लाइफ ज्याकेट लगाउनु अनिवार्य छ । त्यसले मानिसलाई पानीमा डुम्न दिँदैन । टाउको जोगाउन हेल्मेटको प्रयोग हुन्छ । आवश्यक सावधानीका डोरी, ¥याफ्टिङ एम्बुलेन्स, कायक साथमा हुन्छ । केही भइहाल्यो कि तत्कालै उद्धार गर्न सक्ने तयारीका साथ अनुभवी टोली परिचालन भएका हुन्छन् ।

शनिबारको जलयात्राको नेतृत्व एड्भेन्चर एप्स नेपालका नदी पथप्रदर्शकले गरेका थिए । मीनकुमारको नेतृत्वमा डुङ्गामा थिए विनोद गुरुङ, जीवन रानामगर, मनोज गुरुङ, सञ्जीव गुरुङ । कायकिङमा सागर त्रिपाठी र हिमाल गुरुङ तथा डकिमा अमृत मगरको पथप्रदर्शक टोली सहभागी थियो ।

नेपालमा जलयात्रा गराउने यस्ता कम्पनी झण्डै ४० छन् । कालीगण्डकी, कर्णाली, सुनकोशी, मस्र्याङ्दी, भोटेकोशी, सेती, दूधकोशी, त्रिशूली र तमोरलगायतमा जलयात्रा हुन्छ । यद्यपि मुलुक कै केन्द्रविन्दु र राजधानीबाट नजीक तथा सुरक्षाका सबै उपाय अपनाउन सजिलो भएकाले सबैको रोजाइमा त्रिशूली हुने गरेको छ । जति बेगमा पानी दौडिन्छ, त्यति नै ¥याफ्टिङको मजा हुन्छ । छालसँग भलाकुसारी गर्दै सँगसँगै उफ्रिएर प्राप्त हुने आनन्द कसैले भुल्न सक्दैनन् । पथप्रदर्शकले बेलाबेलामा प्याडल हाइफाइ गराएर खुसी थपिदिन्छन् ।

यात्राका क्रममा गीत सङ्गीतको धुनमा रमाउनेदेखि पानी छ्यापाछ्याप गरेर मजा लिन पर्यटक औधी मन पराउँछन् । कतिपय डुङ्गाबाट हाम्फालेर बग्दै गरेको पानीमा पौडीको मजा लिन तम्सिन्छन् । सहभागी सबैले प्याडल चलाउनुपर्ने भएकाले रमाइलोका बीच थकान बिलाएर जान्छ । बीचमा विश्राम लिँदा नदी किनारको तातो बालुवामा उलटपुलटको मजा बेग्लै हुन्छ । बालुवामा लुकामारी गर्दै एक अर्कालाई टाउको मात्रै देखाएर पुर्नु अर्को रोमाञ्चक क्षण बनिदिन्छ । शनिबार त्यही क्षत्र यत्रतत्र थियो ।

जलयात्रामा नदीको अवस्था, दूरी, समयअनुसार शुल्क फरकफरक हुन्छ । मलेखुबाट जवाङखोलाको झण्डै २५ किलोमिटरको एउटा रुट छ । त्रिशूलीमै पनि यस्ता रुट धेरै छ । रमाउँदै जाँदा करीब चार घण्टामा यात्रा टुङ्गिन्छ । पर्यटकको चाहनाअनुसार थप्न पनि सकिन्छ ।

काठमाडौँका जलयात्रा गराउने कम्पनीले विदेशी पर्यटकलाई प्याकेजमा विभिन्न नदीमा लैजान्थे । कोभिड–१९ का कारण गत वर्षको चैतमा भएको बन्दाबन्दीपछि विदेशी पर्यटक ठप्प छन् । बन्दाबन्दी हटेर जनजीवन सामान्य हुन थालेपछि नेपाली पर्यटक थपिन थालेका छन् । यही दशैँको आपसापबाट भने नदीमा जलयात्रा गर्नेको लर्को लाग्न थालेको धादिङको मलेखुस्थित सिद्धलेख गाउँपालिका–४ मा रहेको रिभर पार्कबीच रिसोर्टका सञ्चालक राममणि सिलवाल बताउनुहुन्छ ।

त्यही रिसोर्टबाट जवाङखोला/मौवा खोलासम्मको जलयात्रा रोमाञ्चकारी पनि छ । जलयात्राका लागि शनिबार त्रिशूलीमा सयौँ मानिस जम्मा भए । यहाँ चार डुङ्गामा ३५ जनाले एकै पटक ¥याफ्टिङ गरे । झण्डै चार घण्टाको यात्रा भयो । यसको प्याकेज एक छाक सादा खानासहित प्रतिव्यक्ति रु एक हजार ५०० रहेको सञ्चालक सिलवालले जानकारी दिनुभयो ।

मलेखुमा और्लिएपछि बीच रिपोर्ट पुग्न त्रिशूलीमा मोटरबोटको व्यवस्था हुन्छ । उक्त रिसोर्टमै बसेर थप मनोरञ्जन लिन अर्को दुई हजार ५०० थप लाग्छ । अलि सस्तो प्याकेज टेन्टमा बस्दा हुन्छ । त्रिशूलीमा अन्य कम्पनीले विभिन्न गन्तव्यस्थलबाट सयौँलाई ¥याफ्टिङ गराउने गरेका छन् । जलयात्रामा मानिसको मोह पुनः बढेपछि कोरोनाका कारण बन्द भएका यहाँका झण्डै दर्जन होटल, रिसोर्ट धमाधम खुल्न थालेको छ । प्रायः शुक्रबार र शनिबार जलयात्राका लागि सयौँ मानिसको भीड हुन थालेको छ ।

यात्राका क्रममा त्रिशूली रिभरसाइडबाट आएको झण्डै १०० जना जलयात्राको ठूलो टोलीसँग जम्काभेटसमेत भएको थियो । उनीहरु पनि त्यसैगरी रमाइरहेका थिए । राजधानी नजीक, राजमार्गको छेउ, उद्धार गर्न सजिलोलगायत कारणले पनि त्रिशूली सबैको रोजाइमा पर्ने जलविहार क्रिडास्थल रहेको व्यवसायीहरु बताउँछन् । वर्षमा एक लाखभन्दा बढीले यहाँ जलयात्रा गर्ने गरेको अनुभव यहाँका पर्यटन व्यवसायीको छ । विसं २०४२ ताकाबाट नै यहाँ जलयात्रा प्रारम्भ भएको थियो ।

नदीजन्य पदार्थको उत्खननले भने त्रिशूलीको पानीमा असर गरिरहेको छ । जसका कारण जलयात्रीलाई खिन्न बनाउने गरेको छ । शनिबार पनि धमिलो पानीमै जलयात्रा चलेको थियो । पानीभित्र यन्त्र लगाएर गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्दा पानी धमिले हुने र धारसमेत परिवर्तन हुने गरेको छ । यसका साथै सरसफाइ अर्को चुनौतीका रुपमा देखिने गरेको छ । सिद्धलेख गाउँपालिका–४ का अध्यक्ष रामहरि बराकोटी यहाँको पर्यटन विकासका लागि जलयात्रा उत्कृष्ट गन्तव्य हो भन्नुहुन्छ । त्यसैले गाउँपालिकाले त्रिशूली नदीलाई सफा राख्न र जलयात्रालाई व्यवस्थित बनाउने अभियानलाई तीव्र दिएको उहाँ बताउनुहुन्छ । ९तस्बीर उपलब्ध छ० ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu