काठमाडौं, २३ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गर्नुभएको हो । पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएकोहो । हाम्रो उद्देश्य पार्टी विभाजनलाई बल पुर्याउनु होइन’, जिल्ला अध्यक्ष राईले भन्नुभयो । उहाका अनुसार, भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गर्नुभएको थियो । पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्