काठमाडौं, २३ कात्तिक । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९४ हजार चार सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै गएको २४ घण्टामा दुई हजार आठ सय १२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५७ हजार नौ सय २६ पुगेको छ ।
अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय आठ पुगेको छ ।
यस्तै,२४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३३ जनालाई कोरोना संक्रमण भएको छ । गौतमका अनुसार काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनालाई कोरोना पुष्टि भयो ।
आज देशभर २ हजार ८१७ जनालाई कोरोना संक्रमण भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ रहेको छ । यस्तै,२४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३३ जनालाई कोरोना संक्रमण भएको छ । गौतमका अनुसार काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनालाई कोरोना पुष्टि भयो ।
आज देशभर २ हजार ८१७ जनालाई कोरोना संक्रमण भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्