ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर ७६ जिल्लामा कोरोना सङ्क्रमण (कुन जिल्लामा कति सूचीसहित )


एबीसी न्यूज
२४ कार्तिक २०७७, सोमबार   १० : १७   बजे

काठमाडौ, २४ कात्तिक । देशभर मनाङबाहेक सबै जिल्लामा कोरोनाको सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । झापा, मोरङ, सुनसरी, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी पूर्व, रुपन्देही र दाङमा ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टाको विवरणमा सङ्क्रमित हुने र निको हुनेको सङ्ख्या बराबरी जस्तै देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा सङ्क्रमित र निको हुनेको फरक पाँच जना मात्रै छ । निको हुनेभन्दा सङ्क्रमित पाँच जना बढी छन् ।

आइतबार नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिए भने दुई हजार ८१२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

कुल सङ्क्रमितको सङ्ख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । अहिले ३५ हजार ४१९ जनामा भाइरसको सक्रिय सङ्क्रमण छ । यसैगरी कुल एक लाख ५७ हजार ९२६ जना निको भएका मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न अस्पतालमा ३९८ जना सघन उपचार कक्ष ९आईसीयू० र ८२ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो चौबीस घण्टामा २१ कोभिड सङ्क्रमितको ज्यान गएको छ । अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार १०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार ५३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाण्डौमा एक हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group