ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसँग छलफल गर्ने भनिएको कार्यदलको बैठक बस्न सकेन


एबीसी न्यूज
२४ कार्तिक २०७७, सोमबार   ३ : १०   बजे

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सोमबार छलफल गर्ने भनिएको विघटित कार्यदलका सदस्यहरुको बैठक बस्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरुसँग दिउँसो १२ बजे छलफल हुने भनिए पनि दुई जना सदस्य अनुपस्थित हुनुभएपछि बैठक बस्न नसकेको हो ।

गत भदौमा गठन भएको कार्यदलले १५ बुँदे प्रस्ताव बुझाएको थियो । सोहीअनुसार दुई अध्यक्षले त्यसमा केही बुँदा थप गरी संयुक्त प्रस्ताव बनाउनु भएपछि गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव अनुमोदन गरेको थियो । सचिवालय बैठकले पनि त्यसलाई अनुमोदन गरेको थियो ।

सोही कार्यदलका सदस्यहरुसँग प्रधानमन्त्रीले सोमबार छलफल गर्ने समय तय भएको थियो । तर तत्कालिन माओवादीबाट कार्यदल सदस्य रहनुभएका जनार्दन शर्मा तथा पम्फा भुषाल छलफलमा सहभागी नहुनु भएपछि बैठक बस्न नसकेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । “हामीहरु चार जना बालुवाटारमा आधा घण्टा कुरेर बस्यौं, दुई जना साथीहरु नआउनु भएपछि बैठक बस्न सकेन, सम्भवतः भोली बस्छ” उहाँले भन्नुभयो ।

नेता शर्मा आइसोलेशनमा रहनुभएकाले बैठकमा अनुपस्थित हुनुभएको बताइएको छ । तर नेतृ भुषाल कार्यव्यस्तताले आफू बैठकमा सहभागी हुन नसकेको जानकारी दिनुभयो । सिंहदरवारमा एक समितिको बैठकमा सहभागी हुनुभएकी नेतृ भुषालले बालुवाटार जाने समय नमिलेकोले नगएको जानकारी गराउनुभयो ।

विघटित कार्यदलमा तीन प्रमुख नेताहरुका दुई–दुई जना सदस्य रहेका थिए । अध्यक्ष ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र सचिवालय सदस्य शंकर पोखरेल, वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट स्थायी कमिटी सदस्य भीमबहादुर रावल र सुरेन्द्र पाण्डे तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट नेता शर्मा र भुषाल सदस्य हुनुहुन्थ्यो ।

पार्टीको आन्तरिक विवाद बढेकाबेला गत भदौमा प्रस्ताव तयार गरी तत्कालका लागि विवाद सल्टाएको विघटित कार्यदलका सदस्यसँग छलफल गरेर पुनः समस्याको समाधान गर्ने तयारी अध्यक्ष ओलीले गर्नुभएको छ । त्यही तयारीका लागि छ जना सदस्यसँग छलफल गर्ने तयारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu