काठमाडौँ, २५ कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउनु भएको छ ।
स्रोतअनुसार अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपरान्ह ४ बजेका लागि बोलाउनु भएको हो । धुम्बाराहीमा सचिवालय बैठक डाकेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको छ ।
सचिवालय बोलाउनुअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले बिहान प्रचण्डसंग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै, सोमबार पार्टी महासचिव विष्णु पौडेलले पनि प्रचण्डलाई भेट्नुभएको थियो भने ओली पक्षका नेताहरूलाई भेटेपछि प्रचण्डले बोलाएको सचिवालय बैठक महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्