काठमाडौँ, २५ कात्तिक । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३।८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्