काठमाडौं, २५ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रचण्डले २७ बैठक बोलाउन प्रस्ताव गर्नुभएको हो । भोली २६ गते प्रधानमन्त्री ओली उपत्यका बाहिर जाने कार्यक्रम भएकाले २७गतेका लागि बैठक राख्न प्रस्ताव गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाले भन्नुभयो ‘भोलि प्रधानमन्त्री उपत्यकाबाहिर जाने कार्यक्रम छ , पर्सि कात्तिक २७ गते प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्षले सचिवालय बैठक राख्नुहुन्छ भन्ने आशा छ ।
प्रचण्डले बैठकका लागि प्रस्ताव गरेपनि ओलीले भने सहमति दिनुभएको छैन । यसअघि प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले सचिवालय बैठक राख्न लिखित रूपमै अध्यक्ष ओलीसँग माग गर्नुभएको छ । आज बैठक बस्नुअघि प्रचण्डले ओलीसँग भेट गर्नुभएको थियो । आज अनौपचारिक बैठकका सन्दर्भमा प्रवक्ता श्रेष्ठले सहमतिमै सचिवालय बोलाउन आफुहरु प्रयत्नरत रहेका बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्