ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै पनि हालतमा सरकार परिवर्तन हुदैन —प्रधानमन्त्री ओली


एबीसी न्यूज
२६ कार्तिक २०७७, बुधबार   ६ : १६   बजे

नवीन गुरुङ –
संखुवासभा, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताउनुभएको छ ।
बुधबार संखुवासभाको जिल्लाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

पूर्वी नेपालको चीनसंग सिमाना जोडिएको हिमाली जिल्ला संखुवासभा जिल्लाको छिमेकी मित्रराष्ट चीनसंग सिमाना जोडिएको किमाथांका नाका, त्रिदेशीय(भारत, नेपाल र चीन)लिंकको रुपमा रहेको उत्तरदक्षिण कोशी सडक आयोजनाको कोशी कोरीडोर र सिमा सुरक्षा पोष्ट (विओपी) र बहुचर्चित अरुण तेस्रो जलविद्युत्त आयोजनाको अनुगमन गर्न हेलिकप्टर मार्फत संखुवासभा आउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुर्दै प्रधानमन्त्री ओलीले दुई बर्ष अगाडि आफैले किमाथांका नाका चाँडै संचालनमा ल्याउने र भारतको जोगमुनी देखि किमाथांका सम्मको ३ सय ९० मिटर उत्तरदक्षिण कोशी सडक आयोजनाको कोशी कोरीडोर दुइलानको सडक बिस्तार गरि संचालन गर्ने देखेको सपना बिस्तारै पूरा हुदै गएको बताउनुभयो । उहाँले सडक बिस्तार गर्ने क्रममा भोटखोला गाउँपालिकामा १४ किमि सडक बिस्तार गर्न अत्यन्तै कठिन र ठूलाठूला ढुङ्गा भएकाले बिस्तारमा समस्या देखेपछि नेपाली सेनालाई जिम्मा लिइएको छ । र अब चाँडै ट्रयाक ओपन सम्पन्न हुने विश्वास लिएको बताउनुभयो ।

‘यो किमाथांका नाका मानवबस्ती भएको र बाह्रै महिना संचालन गर्न सकिने नाका हो । त्यसैले यो कोशीकोरीडोर अत्यन्तै महत्वका साथ हेरिएको छ । मैले यो सडक र नाकाका बारेमा चासो राख्नुका साथै अत्यन्तै महत्वका साथ हेरेको छु । त्यसैले स्थलगत रुपमा हेर्न समेत आएको छु ।’–प्रम ओलीले भन्नुभयो–‘यो सडकले सबै समृद्धि र बिकासमा परिवर्तन ल्याउने निश्चित छ । हिजो यहि ठाउँ दुर्गम थियो, अहिले सडक बिस्तारले सुगम बन्र्दै गएको छ । अब किमाथांका नाका संचालनमा ल्याएपछि छिमेकी मुलुकका दुई ठूला राष्ट चीन र भारतसंग ब्यापारिक सम्बन्ध नजिक बन्छ । त्यसले हाम्रो जीवनयापनमा समेत सजिलो हुन्छ ।’

प्रधानमन्त्री ओलीले जनताको जनमतद्धारा आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले कसैको रहर हर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो । ‘बिहानबिहानै समाचार सुन्छु, सरकार परिवर्तन हुने भनेको सन्छु, तर कसैको रहरमा सरकार परिवर्तन हुदैन । नेकपा पार्टी साना साना टुक्रा मिलेर बनेकाले फुटदैन ।’–ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान समयमा आफु पार्टी अध्यक्ष र जनताद्धारा निर्वाचीत प्रधानमन्त्री भएकाले डराउने र नआत्तिन सम्पूर्ण नेपाली महानुभाव र पार्टी कार्यकर्ताहरुलाई समेत आश्वास्त पार्नुभयो । उहाँले आफू रहरले नभई जनताले जिताएर अध्यक्ष बनाएको दाबी गर्नुभयो । यो पार्टी ५० बर्ष अगाडि देखि सानासना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुदाँ नडराई नधकाई काम गर्न समेत सबैलाई अुनरोध गर्नुभयो । कोभिड १९ ले देशनै संक्रमण पारेको अवस्थामा अब सबैले सचेत रहेर कोभिड परास्त गर्दै शैक्षिक संस्था र शैक्षिक संघसंस्थाहरु बिस्तारै खुल्र्दै जाने जनजीवन सहज बनाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिकाको च्याम्ताङमा हेलिकप्टर अवतरण गरेर कोशीकोरीडोरको अवलोकन गर्ने भनिएपनि हेलिकप्टर बस्न समस्या आएपछि हेलिकप्टरबाट नै अनुगमन गरेका थिए । बिहान करिब ९ बजे तिर काठमाडौबाट उडेको हेलिकप्टर किमाथांकाको भ्रमण पछि अरुण तेस्रो डयामस्थल फ्याक्सिन्दामा करिब साढे ३ः४० बजे काठमाडौ फर्किएका थिए । प्रधानमन्त्री ओलीसंगै हेलिकप्टरमा उहाँको श्रीमती राधिका शाक्य, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका सभापति परशुराममेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम लगायत हेलिकप्टरबाट आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली–३ ‘ए’ उद्धारमा ठूलो प्रगति : सुरुङभित्र १० मिटर अघि बढ्यो टोली

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu