काठमाडौं, २६ कात्तिक । चेक बाउन्सको आरोपमा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
एक करोड रुपैयाँको चेक बाउन्सको आरोपमा झविन्द्र बञ्जाडेले दिएको उजुरीको आधारमा थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभयो । थापाले एक करोड रुपैयाँको चेक दिए पनि उहाँको खातामा पैसा नै नरहेको भन्दै बञ्जाडेले एक महिनाअघि परिसरमा निवेदन दिनुभएको थियो । पक्राउ परेका सुन्दर यातायातका प्रमुख थापालाई अहिले महानगरीय प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्