ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँध्यता कि रहर ? : तिहारमा लालाबाला बोकेर दिदीबहिनी भारततिर


abcnews
२७ कार्तिक २०७७, बिहिबार   १० : ३९   बजे

कैलाली, २७ कात्तिक । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की रञ्जिता चौधरी बुधबार त्रिनगर नाका भएर श्रीमानसँगै भारत जाने तयारीमा हुनुहुन्थ्यो । विगतका वर्षमा दशैँमा घर आएर तिहार मनाएपछि भारत फर्कने उनीहरु यस वर्ष कोरोनाको त्रासले वैशाखमा घर फर्किएका थिए ।

वैशाखदेखि बेरोजगार भएका उनीहरु छाक टार्न मुश्किल भएपछि भारत जान लागेका हुन् ‘चाडपर्व मनाउनका लागि पैसा पनि छैन् । टीका लगाएर जाने इच्छा थियो । तर बाध्य भएर भारत जानुपर्ने भयो’ रञ्जिताले भन्नुभयो । श्रीमानसँगै उहाँ भारतको लुधियानामा कुखुरा फर्ममा काम गर्नुहुन्छ ।

डोटीको केआ सिंह गाउँपालिकाकी दीपा रावत पनि बुधबार बिहान भारततिर लाग्नुभयो । केही दिनअघि भारतबाटै फर्किएकी उहाँले साँझ–बिहान खानसमेत समस्या हुन थालेपछि फेरि भारत फर्कनुपरेको बाध्यता सुनाउनुभयो । डोटीकी लालुदेवी विष्टको गुनासो पनि फरक थिएन । ‘चाडपर्व परिवारका सदस्यसँगै मनाउन रहर त थियो’ उहाँले भन्नुभयो, ‘कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिनासम्म बेरोजगार बसेकी छु । छाक टार्नका लागि भए पनि भारत जानै पर्ने भयो ।’

गरिबीका कारण परिवार पाल्न मुश्किल भएपछि चाडपर्वको मुखमा कोरोनाको समेत प्रभाव नगरि दैनिक सयौँ नेपाली त्रिनगर नाका भएर भारत जाने गरेका छन् । स्वदेशमा सामान्य काम समेत नपाएपछि मजदुरीका लागि पनि भारत जानुपरेको उनीहरूको गुनासो छ । चौकीदारी, घरको सरसफाइ, खाना बनाउने, गाडी धुने, स्याउ टिप्नेलगायतका कामका लागि नेपालीहरु भारत जाने गरेका छन् ।

सुदूरपश्चिमका दुई प्रमुख नाका त्रिनगर र गड्डाचौकीबाट असोजयता मात्रै साढे ५६ हजार नेपाली भारत गएका प्रहरीको तथ्यांक  रहेको  सीमा प्रहरी चौकी डोकेबजारका प्रमुख प्रहरी नायब निरीक्षक भुपालसिंह थापाले बताउनुभयो ।

युवालाई स्वदेशमा रोक्न नसकिएको बताउँदै सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले प्रदेश सरकारको नीति र योजना असफल भएको बताउनुभयो । कृषि, पशुपालन, अरु व्यवसायमा जोडेर युवाहरूलाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले ल्याउनुपर्ने उहाँको भनाइ छ । प्रदेश सरकारले गाउँठाउँमै रोजगारी दिने घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group