काठमाडौँ, २८ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई अध्यक्षबीचको कार्यविभाजनमा अर्का अध्यक्ष केपी शर्मा ओलीले हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गरेको बताउनुभएको छ । उहाले प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीलाई लेखेको दोस्रो पत्रमा भन्नु भएको छ , ‘दुुई अध्यक्षबीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ । पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति त्याग गर्यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो ।’
पत्रको पूर्णपाठ
प्रतिक्रिया दिनुहोस्