ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर एकैदिन ६ लाख २८ हजारमा कोरोना संक्रमण : ९ हजार ६२३ संक्रमितको मृत्यु


एबीसी / संवाददाता
२९ कार्तिक २०७७, शनिबार   ८ : २१   बजे

काठमाडौं, २९ कात्तिक । विश्वभर  एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो संख्या अहिलेसम्मकै धेरै भएको जनाएको छ । यसअघि ५ लाख ७९ हजार २ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १३ लाखभन्दा धेरैको ज्यान गएको छ । चीनको वुहानबाट गएको वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १३ लाख ८ हजार बढीले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट विश्वभर गरी ५ करोड ३७ लाख व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ७५ लाख कोरोना मुक्त भएका वल्ड्रोमिटरको तथ्याङ्क छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये २ लाख ४९ हजारको ज्यान गएको छ । अमेरिकामा पछिल्लो तथ्याङ्कअनुसार ६७ लाख ८८ हजार व्यक्ति कोरोना भाइरसबाट मुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu