काठमाडौं, २९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार अपराह्न राष्ट्रपति निवास शीतल निवासमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको सङ्कटका बारेमा कुराकानी भएको बताइएको छ ।
पार्टी अध्यक्षसमेत रहेका ओलीविरूद्ध अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप नै आरोप लगाउँदै प्रतिवेदन पेस गरे पछि ओली रुष्ट बनेको ओली निकट नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओली पनि कसरी अगाडि बढ्ने भनेर परामर्श गरिरहेको नेकपा स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्