काठमाडौं,३० कात्तिक ।हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका रातिमा पनि उज्यालो देखिएको छ ।
फूल, रङ र उज्यालोको चाड मानिने दिपावलीमा बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जोकोहीलाई रोमाञ्चक बनाउँछ ।
तिहारको तेस्रो दिन घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिएको छ । घर–घरमा विभिन्न किसिमका बत्तीहरु बालिएका छन् । पूरै शहर हेर्दा राजधानी ‘कलरफूल’ देखिएको छ ।
घर उज्यालो भए लक्ष्मीको बास हुने विश्वाससहित तिहारमा मैनबत्ती, दियो लगायत विभिन्न रङका बिजुली बत्तीहरू बालिएका छन् । अर्कातिर यो पर्वसँगै नेपालीले पटका पड्काउने र बत्तीसँग रमाइलो पनि गरिरहेका छन् ।
फोटो गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्