काठमाडौँ, १ मङ्सिर। नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख १० हजार नौ सय ७३ पुगेको छ । सोमबार थप एक हजार एक सय ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
चार हजार आठ सय ३२ जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ९७ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार नौ सय ३४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७६ हजार तीन सय ६४ पुगेको छ ।
अब नेपालमा ३३ हजार तीन सय ७९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार १३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय ३० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्