काठमाडौं, ५ मंसिर । कोरोना भाइरस संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ ।
कास्कीका ६, काठमाडौंका ५, कैलाली, भक्तपुर र भारतका २/२, झापा, सुनसरी, सप्तरी, काभ्रे, दोलखा, नुवाकोट, तनहुँ, रुपन्देही, गुल्मी, सुर्खेत र पाल्पाका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।
- गौरादह नगरपालिका–८, झापाका ६३ वर्षका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा शुक्रबार विहान साढे ७ बजे मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका उनलाई बिहीबार संक्रमण पुष्टि भएको थियो ।
- इटहरी उपमहानगरपालिका–५, सुनसरीका ८८ वर्षका पुरुषको शुक्रबार विहान विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । २७ कात्तिकमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्नाभएका उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
- बोदेबर्साइन नगरपालिका–३, सप्तरीकी ७१ वर्षकी महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनिया देखिएको थियो ।
- काठमाडौंका ७० वर्षका पुरुषको ओम अस्पतालमा शुक्रबार विहान मृत्यु भएको छ । दसैँलगत्तै संक्रमण पुष्टि भएका उनी स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका थिए । उनी होटल संघ नेपालका निवर्तमान अध्यक्ष अमरमान शाक्य हुन् ।
- काठमाडौंका ६० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । १ मंसिरमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएर २ गते अस्पताल भर्ना भएका थिए । उनी दमका बिरामी समेत थिए ।
- काठमाडौंका ७८ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर ३० कात्तिकमा अस्पताल पुगेका उनलााई २ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलासम्बन्धी रोगका बिरामी समेत हुन् ।
- काठमाडौंकी ७९ वर्षीया महिलाको ३ मंसिरमा मृत्यु भएको छ । दम र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासमा समस्या भएर २१ कात्तिकमा अस्पताल पुगेका थिए भने २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंका ५६ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । निमोनिया भएर ३ कात्तिकमा अस्पताल पुगेका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
- भक्तपुरकी ७८ वर्षीया महिलाको बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या १५ कात्तिकमा अस्पताल भर्ना भएकी ३ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मुटु रोग, मधुमेह र उच्च रक्तचापकी बिरामी समेत थिइन् ।
- भक्तपुरकी ५५ वर्षकी महिलाको शुक्रबार मृत्यु भएको छ । निमोनिया भएर कात्तिक २५ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा दमको समस्या थियो ।
- काभ्रेका ७५ वर्षीय पुरुषको शुक्रबार भएको छ । दमका बिरामी समेत रहेका उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियषे भने निमोनिया भएर २५ गते अस्पताल भर्ना भएका थिए ।
- दोलखाकी ३९ वर्षीया महिलाको बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २० कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको २४ गते पुष्टि भएको थियो ।
- नुवाकोटमा ४६ वर्षका पुरुषको मंसिर ४ गते मृत्यु भएको छ । कात्तिक २१ गते संक्रमण पुष्टि भएको र २३ गते अस्पताल भर्ना भएका उनमा थाइराइड र उच्च रक्तचापको समस्या थियो ।
- पोखरा महानगरपालिका–१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ५ मंसिरमै कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका–१३, कास्कीका ५५ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनलाई निमोनिया भएको थियो र शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका–८, कास्कीका ५४ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल केलजमा मृत्यु भएको छ । २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई निमोनिया समेत भएको थियो ।
- पोखरा महानगरपालिका–२७, कास्कीका ७१ वर्षीय पुरुषको बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आउनुका साथै निमोनिया भएका उनलाई २९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका–९, कास्कीका ६८ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका(२१, कास्कीका ७५ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
- म्याग्दे गाउँपालिका–४, तनहुँका ५१ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई ३ मंसिरमा कोरोना संक्रमण देखिएको थियो ।
- तिलोत्तमा नगरपालिका–२, रुपन्देहीका ५९ वर्षका पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । २ मंसिरमा संक्रमण पुष्टि भएका र सोही दिन अस्पताल भर्ना भएका उनमा दम, मुटुसम्बन्धी र मधुमेहको समस्या थियो ।
- रेसुंगा नगरपालिका–१, गुल्मीका ६६ वर्षका पुरुषको बुटवलमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । २७ कात्तिकमा संक्रमण पुष्टि भएका उनी २८ गते अस्पताल भर्ना भएका थिए ।
- रामपुर नगरपालिका–५ पाल्पाकी ५४ वर्षकी महिलाको लुम्बिनी मेडिकल कलेजमा शुक्रबार मृत्यु भएको छ । कात्तिक १९ गते अस्पताल भर्ना भएकी र २० गते संक्रमण पुष्टि भएकी उनी मधुमेह र उच्च रक्तचापको बिरामी थिइन् ।
- धनगढी उपमहानगरपालिका–५, कैलालीका ५५ वर्षका पुरुषको सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा शुक्रबार मृत्युु भएको छ । २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई भर्ना भएकै दिनदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो ।
- गौरीगंगा नगरपालिका–७, कैलालीकी ७२ वर्षकी महिलाको सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा शुक्रबार मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि २९ कात्तिकमा अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
- भारतको आन्ध्रप्रदेशका ३५ वर्षका पुरुषको चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ । २३ कात्तिकमा संक्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी पुरानो मेडिकल कलेजमै सिटी स्क्यान विभागमा कार्यरत थिए ।
- भारतको साहेवगञ्ज घर भएका ७० वर्षका पुरुषको शुक्रबार विहान विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । ३ मंसिरमा स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनलाई भोलिपल्ट संक्रमण पुष्टि भएको थियो ।
- प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आज अपराह्न कोरोना सङ्क्रमित एक युवकको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १२ का ३३ वर्षीय युवा रहेका छन् । उच्च ज्वरो आएपछि ती युवालाई बुधबार प्रदेश अस्पताल भर्ना गरिएको थियो । पाँच दिनदेखि ज्वरो आएको र स्थानीय क्लिनिकबाट अस्पताल पठाइएको बताइएको छ । “क्रोनिक अल्कोहोलिज्मका साथै विगतमा काँप्ने, बेहोस हुने मेडिकल इतिहास रहेको विवरण प्राप्त भएको छ”, महाशाखाद्वारा जारी पे्रस विज्ञप्तिमा भनिएको छ, “पिसिआर परीक्षणका लागि स्वाब सङ्कलनलगत्तै निजलाई निस्सासिने समस्या देखिएको, मुटुले रगत पम्प नगरेको र छाती थिचेर ब्युँताउने प्रयास पनि सफल हुन सकेन ।” उनको मृत्यु भइसकेपछि प्रयोगशालाले कोरोना पुष्टि गरेको थियो । योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्