काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धारका लागि खटिएको नेपाली सेनाको १४ सदस्यीय टोलीले प्रतिकूल मौसमका कारण बिहीबार राति टनेलभित्रै रात बिताएको छ।
मौसम अचानक प्रतिकूल भएपछि बाहिर फर्किन नसक्दा सेनाका उद्धारकर्मी टनेलभित्रै बस्न बाध्य भएका हुन्। कठिन मौसम र चुनौतीपूर्ण भौगोलिक परिस्थितिका बीच पनि नेपाली सेनाको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
विपद्को समयमा जोखिमपूर्ण अवस्थामा समेत अग्रपङ्क्तिमा रहेर उद्धारमा खटिएका नेपाली सेनाका सुरक्षाकर्मीको साहस, समर्पण र सेवाप्रति उच्च सम्मान व्यक्त गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्