ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म कुनै गुटमा थिइन र छैन : वामदेव गौतम


एबीसी / संवाददाता
६ मंसिर २०७७, शनिबार   ३ : ३३   बजे

दाङ,६  मंसिर  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई बलियो बनाउन लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।

शनिबार दाङको तुलसीपुरमा पार्टीका नेता कार्यकर्तासँगको भेटका क्रममा गौतमले भन्नुभयो, ‘पछिल्लो समयमा हाम्रो पार्टीभित्र केही समस्या देखिएका छन् । पार्टीभित्रका समस्या समाधान गर्दै एकतालाई बलियो बनाउन हामी लागिपरेका छौं । एउटा सिंगो र बलियो पार्टी बनाउन सबै लाग्नुपर्ने बेला आएको छ । यसका लागि सबै तयार रहनुहोस् ।’

समाजवादको आधार तयार पार्न लाग्नुपर्ने बेलामा आन्तरिक समस्यामा पार्टी अल्झिनुले कार्यकर्तामा निराशा थपेको महसुस आफूलाई भइरहेको भन्दै राष्ट्रियसभा सदस्यसमेत रहनुभएका गौतमले विवादलाई व्यवस्थापन गर्नतर्फ लागिपरेको बताउनुभयो । ‘समाजवादको आधार तयार पार्नुपर्ने बेला हाम्रो पार्टी आन्तरिक समस्यामा अल्झिरहेको छ । जसले सबैमा निराशा थपेको महसुस भइरहेको छ’, उपाध्यक्ष गौतमले भन्नुभयो, ‘पार्टीलाई विवादरहित बनाउन हामी लागिपरेका छौं । सहमतिको बिन्दु खोज्ने हाम्रो प्रयत्न जारी छ ।’

कम्युनिष्ट पार्टीका बीचको एकता, समृद्ध नेपालदेखि समाजवादसम्मको परिकल्पनामा आफू २०६३ सालदेखि लागिरहेको दावी गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, ‘बलियो कम्युनिष्ट पार्टी बनाउने र मुलुकलाई समाजवादसम्म पु¥याउने संकल्पमा म २०६३ सालदेखि लागिपरेको हुँ । लामो छलफलपछि पार्टी एकता सम्भव भएकाले जुटेको पार्टीलाई कुनै पनि हालतमा फुट्न दिँदैनौं । फुटलाई जुटमा बदल्न लागिरहने मेरो संकल्प छ ।’

आफू कुनै गुटबन्दीमा नलागेको दाबी गर्दै उपाध्यक्ष गौतमले सधैँ पार्टी एकताको पक्षमा उभिने बताउनुभयो । ‘म कहिले पनि गुटको पक्षमा थिइन र आज पनि छैन । म सधैँ एकताको पक्षमा उभिने छु’, गौतमले भन्नुभयो, ‘पार्टी नेतृत्वलाई जुटको यात्रामा लाग्न सबैले अपिल गर्नुपर्दछ ।’ सो अवसरमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भीरताका साथ लाग्न सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu