ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकपटक कोरोना सङ्क्रमण भएकाहरु कम्तीमा ६ महिनासम्म सङ्क्रमित नहुने : अध्ययन


एबीसी / संवाददाता
७ मंसिर २०७७, आइतबार   ८ : ०९   बजे

काठमाडौँ, ७ मंसिर । एकपटक कोरोना भाइरस सङ्क्रमित भएकाहरुमा कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमण हुने सम्भावना नभएको एक अध्ययनले देखाएको छ ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित हुने गरी खतरा नभएको पाइएको हो । अध्ययनमा संलग्न अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेविड आयरले यो एकपटक सङ्क्रमित भइसकेकाहरु र उनीहरुको सम्पर्कमा आउनेहरुका लागि राम्रो खबर भएको प्रतिक्रिया दिनुभएको छ ।

यो अध्ययन स्वास्थ्यकर्मीमा गरिएको थियो । यसमा एकपटक सङ्क्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको थियो । जो सङ्क्रमित भइसकेका छन्, उनीहरुमा दोस्रोपटक सङ्क्रमणको केही नयाँ लक्षण देखिएको थिएन । एक पटक सङ्क्रमित भइसकेका ८९ जनाको जाँच गर्दा दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो ।

सङ्क्रमित व्यक्तिमा प्रतिरोधात्मक क्षमता बन्ने पनि अध्ययनबाट पत्ता लागेको छ । यो अध्ययनबाट कोरोना भाइरसबारे थप बुझ्ने मौका मिलेको अध्ययनमा संलग्न भएकाहरुले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएको वर्ष चीनको वुहानमा देखा परेको कोरोना भाइरसका कारण विश्वमा ५ करोड ८४ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । ती मध्ये ४ करोडभन्दा धेरै निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे सुरुङमै रात बिताउन बाध्य भयो सेनाको उद्धार टोली

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu