काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गर्नुभएको छ ।
आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गर्नुभएको हो ।
उहाले देशको पछिल्लो अवस्था र कोरोना संक्रमणले पारेको प्रभाव र नियन्त्रणलाई थप प्रभावकारी बनाउन सुरक्षा सयन्त्रको भुमिका बारेमा छलफल गरिएको बालुवाटार स्रोतले जनाएको छ ।
थप सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया मात्र भएको भनेको छ ।
प्रतिक्रिया दिनुहोस्