ताप्लेजुङ ८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा ६ स्थित घुन्सामा आइपुग्नुभएको छ ।
प्रधानमन्त्री ११ बजरे २२ मिनेट जाँदा काठमाडौंबाट सिधै हेलिकोप्टरमा घुन्सामा आइपुग्नुभएको हो । उहाँले घुन्साको पर्यटकीय बस्तीको अवलोकन गर्नुहुनेछ ।
साथै चीनको तिब्बत र नेपालबीच सीमाक्षेत्र निरीक्षणसहितका कार्यक्रममा सहभागी हुनुहुनेछ । प्रधानमन्त्रीले ताप्लेजुङ जिल्लाको उत्तरतर्फको नेपाल र तिब्बतको सीमाक्षेत्र निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका वडा नं। ६ लेलेपको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटन गर्नुहुनेछ ।
त्यसपछि प्रधानमन्त्री ओलीले दुई देशको सिमाना टिपताला भञ्ज्याङ क्षेत्रको हेलिकप्टर मार्फत निरीक्षण गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसमक्ष घुन्सावासीले यहाँको पर्यटन विकासमा टेवा पु¥याउने योजनालगायतका माग राखेर घुन्सा, फले र ग्याब्लावासीका तर्फबाट संयुक्त रूपमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्