ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरी बालिका हत्याकाण्ड : भोलि बिहान ६ बजेसम्मको लागि निषेधाज्ञा जारी


एबीसी / संवाददाता
१० मंसिर २०७७, बुधबार   १२ : ४०   बजे

काठमाडौँ, १० मंसिर । महोत्तरीको बर्दिवासमा निषेधाज्ञा लागू भएको छ । हिजो प्रहरीको गोली लागेर घाइते भएका बर्दिवास– १ का बुद्धिराज न्यौपानेको ज्यान गएपछि आन्दोलन चर्किएकाले बिहान नौ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । बर्दिवासमा थप जनधनको क्षति हुनबाट रोक्न भोलि बिहान ६ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको उहाँले बताउनुभयो ।

न्यौपाने हिजो बर्दिवास चोकमा प्रदर्शन गरिरहेकाहरुलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट काठमाण्डौ लगिएका न्यौपानेको गएराति ज्यान गएको खबर फैलनासाथ बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गर्दै प्रदर्शन जारी राखेका छन् । बर्दिवासका चोकचोकमा अहिले टायर बालेर प्रदर्शन भइरहेको छ । बर्दिवास– १४ की छ वर्षकी बालिकाको हत्या गर्ने दोषीलाई कारबाहीको माग गर्दै हिजो भएको आन्दोलनमा प्रहरीले गोली चलाएको हो । न्यौपानेसँगै घाइते भएका बर्दिवास–५ का श्याम कार्कीको काठमाण्डौमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group