ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘विदेश सचिवकाे भ्रमणले दुई देशबीचकाे संवादहीनता ताेड्याे’


सपना थामी
१२ मंसिर २०७७, शुक्रबार   ८ : १४   बजे

काठमाडौं, १२ मंसिर ।   पछिल्लो समय सीमा विवादका कारण दुई देशबीचको सम्बन्ध त्यति सुमधुर नभइरहेको बेला भारतले श्रृंगलालाई नेपाल पठायो । नेपाल भ्रमणमा रह“दा श्रृंगलाले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा प्रतिपक्षी दलका नेताहरुसग शिष्टाचार भेट गर्नुभयो भने कोरोनाविरुद्धको खोपमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता पटक–पटक दोहो¥याउनुभयो ।

भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगला र नेपालका उच्चस्तरीय पदाधिकारीहरुबीच भएको उच्चस्तरीय भेटमा १९ बु“दामा छलफल भयो । जसमध्ये नेपाल भारतबीचको सीमा विवाद एवम् द्धिपक्षीय सम्बन्ध सुधारको विषय यतिबेला निकै चर्चामा छ । यसमा पनि भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको नया दिल्लीमा आगामी डिसेम्बरको दोस्रो साता हुन गइरहेको ंपरराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको निम्तो थप चासोको विषय बनेको छ । मिती तय नभएपनि विदेशमन्त्री एस जयशंकरको निम्तो विदेश सचिव हर्षबद्र्धन श्रृंगलाले नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको छ । भारतीय विदेशमन्त्री हर्षबद्र्धन र नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुवैले दुइ देशबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त आयोगको बैठक २३ वर्षपछि सन् २०१४ मा भएको थियो जसले कालापानी र सुस्ताका विषयका विवादलाई समाधान गर्न निर्देशन दिएको थियो । र पालैपालो बैठक गर्ने परम्परा अनुसार सन् २०१६ र सन् २०१८ मा सो आयोगको बैठक भएको थियो । तर नेपाल र भारतबीचका झण्डै डेढ दर्जन द्धिपक्षीय संयन्त्रहरुबीचमा भने बैठक सुचारु हुन सकेको छैन । झण्डै ६० को दशकदेखि दुइ देशबीचमा सीमा विवादबारे नेपालले पटक–पटक आव्हान गरेपनि भारतले बाहनाबाजी गर्दै आलटाल गर्दै आएको थियो । नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली बताउनुहुन्छ, वि.सं. २०३८ सालयता मात्रै ४, ५ पटक सीमाकै विषयमा गम्भिर कुरा उठिसकेको छ ।

नेपाल र भारत सम्बन्ध लगायत सबै देशस“गको परराष्ट्र सम्बन्ध सुधार एवम् विकसित बनाउदै लान देशकै परराष्ट्रनीति सबल बनाउदै लानुपर्ने राजनीतिशास्त्री एवम् कुटनीतिज्ञ डाक्टर लोकराज बरालको भनाइ छ । भारतको नेपालनीति छ तर नेपालको भारतनीति छैन । डाक्टर बरालको विश्लेषण छ, अहिले त नेपालमा परराष्ट्र मन्त्रालय नै छैन भन्दा फरक पर्दैन, देशको परराष्ट्रनीति एकदमै नाजुक बन्दै गएको छ ।

भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगालसग राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच भएको सबै उच्चस्तरीय भेटमा सीमा विवादका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले पनि सीमा विवादलाई वार्ताका माध्यममार्फत समाधान गर्नसक्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय द्धिपक्षीयबीचको सम्बन्धमा आइरहेको चिसोपन र कटुततालाई कम गरि आपसी सम्बन्ध सुधार गर्न यस्ताखाले भ्रमणले अवश्यपनि महत्वपूर्ण भूमिका खेलेको छ । तर पनि परराष्ट्रविद्हरुले निरन्तर जोड दिदै आएजस्तै सीमाका विषयमा नेपालले सदैव एक बुदे एजेण्डामा अडिग रहनुपर्ने खाचो अझ टड्कारो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन विदुर पुगे प्रधानमन्त्री बालेन्द्र शाह

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

सम्बन्धित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu