ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदान गर्न मतदाता इच्छुकः नेता राणा


admin
१२ असार २०७४, सोमबार   ३ : ३२   बजे

काठमाडौँ, १२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणाले दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता अत्यन्त इच्छुक भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो – “दोस्रो चरणअन्तर्गतको निर्वाचनमा राजपालाई पनि सहभागी गराउन तथा मधेसको समस्या समाधान गर्नका लागि निर्वाचनको मिति सारिएको छ ।”

नेता राणाले तेश्रो चरणअन्तर्गत प्रदेश नं. २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनअघि नै नेपालको संविधान संशोधन हुने पनि बताउनुभयो ।

नेकपा (एमाले)का नेता रघुवीर महासेठले पटक पटक निर्वाचनको मिति सार्ने सरकारी निर्णयको बिरोध गर्दै दोस्रो चरणअन्तर्गतको निर्वाचनमा पनि आफ्नो दलले सम्मानजनक मत प्राप्त गर्ने बताउनुभयो ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले फास्ट ट्र्याक नेपालले आफैं बनाउने र त्यसका लागि बजेटको सुनिश्चितता आफ्नो पार्टीको नेतृत्वका सरकारले गरेको तथा संविधानको कार्यान्वयनका लागि पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न गरेकाले दोस्रो चरणको निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचनमा राजपासहित सबै दललाई सहभागी हुनुपर्छ भन्नेमा दुईमत नरहेको बताउँदै निर्वाचनको मिति सार्दा सरकारले पर्याप्त गृहकार्य नगरेको आरोप लगाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

DRC Parents Fear School Reopening Amidst Largest Ebola Outbreak

Israeli Attacks on Gaza Kill At Least Four, Including Children

Sweden Democrats’ Far-Right Campaign Upsets Minority Groups

Flash Flood in Nepal: 11,814 Rescued, 3,916 Missing, 987 Dead

Nepalese Foreign Minister Extends Condolences for King Harald V’s Death

‘Hit Them Hard’: Trump Signals New Phase in US-Iran Conflict

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu