तनहुँ, २४ मंसिर । नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गर्नुभएको छ ।
माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल दुई हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत हालिएको भन्दै पौडेलले पुनः मतदानको माग गर्नुभएको हो । मुचुल्का गरिएको भन्दा बढी मत देखिएकोे उहाँले बताउनुभयो ।
सोही मतगणनाबमोजिम बिना विभागीय मन्त्री एवं माओवादी प्रदेशसभाकी उम्मेदवार आशा कोइराला पाँच मतले विजयी भएपछि पौडेलले उक्त परिणाम आफूले स्वीकार नगर्ने जानकारी दिनुभयो ।
“फर्जी मत हालिएकाले सो परिणाम मैले स्वीकार गर्ने कुरै हुदैन पौडेलले भन्नुभयो” निर्वाचन अधिकृत समक्ष ती केन्द्रमा पुन ः मतदान हुनुपर्ने माग राख्दै निवेदन दिएको उहाँले बताउनुभयो ।
कोइरालाले १६ हजार ६४६ मत पाएर विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी पौडेलले पाँच मत कम १६ हजार ६४१ मत पाउनुभएको थियो । पौडेलका सर्मथकले पुनःमतदानको माग गर्दै दमौली बजारमा नारावाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्